
काठमाण्डु, ३० जेठ– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त ९ हजारका लागि खोलेको विज्ञापनको पक्ष र विपक्षमा हिजो पनि जुलुस प्रदर्शन भएका छन् ।
झण्डै ६ लाख विद्यार्थी लोकसेवा परीक्षाको तयारी अवस्थामा रहँदा बल्ल खुलेको थियो । विज्ञापन खुलेपछि त्यसको समर्थन र विरोध भइरहँदा अनलाइनबाट फाराम भर्नेको संख्या झण्डै २० लाख पुगेको छ । बिहीबार मात्र झण्डै १३ हजारले फाराम भरेको लोकसेवा आयोगले जनाएको छ । आयोगले आवेदन प्रक्रिया नरोकिने पनि स्पष्ट गरेको छ । लोकसेवाले प्रक्रिया जारी राख्ने र नरोक्ने बताएको छ । सर्वोच्च अदालले पनि तत्काल लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिएर दुवै पक्षलाई छलफलमा बोलाएको छ । यसैबीच संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनका आधारमा विज्ञापन बन्द गर्ने हो भने मुलुकमा संवैधानिक रिक्तता आउन सक्ने भन्दै सरकार रिक्त कर्मचारी पूर्ति गर्ने अडानमा छ ।
संसदीय समितिका निर्देशन हाबी हुँदै जाने हो भने संवैधानिक आयोगहरुको विश्वशनीयता र निश्पक्षता कमजोर हुँदै जाने भन्दै सरकार लोकसेवाले स्थानीय तहका लागि गरेको विज्ञापन रद्द गर्न नहुने अडानमा देखिएको हो ।