यस्तो अवस्थामा भेटियो हराएको भारतीय विमान

काठमाण्डु टुडे २०७६ जेठ २८ गते १७:५५ मा प्रकाशित

एजेन्सी । करीब एक साता अघिदेखि हराइरहेको भारतीय वायु सेनाको विमानको भग्नावशेष भेटिएको छ । वायु सेनाको एएन–३२ एयरक्राफ्टको भग्नावशेष अरूणाञ्चलस्थित १२ हजार फिट उचाइमा देखिएको छ ।

वायुसेनाको एमआई–१७ हेलिकप्टरले सर्च अप्रेसनका क्रममा विमानको भग्नावशेष पत्ता लगाएको छ ।

गत सोमवार असमको जोरहाटबाट उडान भरेको उक्त विमानमा १३ जना सवार थिए । उडान भरेको केही दिनपछि विमान सम्पर्कविहीन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us