सरकारले आज एकैदिन ४ सय ५० कैदी छाड्ने

काठमाण्डु टुडे २०७६ जेठ १५ गते ६:३६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ ।

असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो । सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संसोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको हो । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us