ली क्वान यूका नातिले गरे केटासँग विवाह !

काठमाण्डु टुडे २०७६ जेठ १२ गते ११:२६ मा प्रकाशित

एजेन्सी । आधुनिक सिंगापुरका निर्माता ली क्वान यूका एक नातिले आफ्ना केटा साथीसँग विवाह गरेका छन् ।

सिंगापुरमा समलिंगी विवाह गैरकानुनी छ । यूका नाति ली ह्सैयन याङले दक्षिण अफ्रिकाको केप टाउनमा हेङ यिरूईसँग विवाह गरेका हुन् । दक्षिण अफ्रिकामा सन् २००६ मा समलिंगी विवाहलाई मान्यता दिइएको थियो ।

याङले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा दुबै जनाको तस्बिर सार्वजनिक गर्दै आफूहरूले विवाह गरेको जानकारी दिएका हुन् । ‘आज मैले आफ्नो प्रियसँग विवाह गरेको छु,’ उनले लेखेका छन् ।

याङका बुवा ली क्वान यूका कान्छा छोरा हुन् । लीको चार वर्षअघि मृत्यु भएको थियो ।

देशमा समलिंगी विवाह प्रतिबन्धित भए पनि सिंगापुरवासीले याङको विवाहमा सकरात्मक प्रतिक्रिया जनाएका छन् ।

याङका बुवाले विवाहबारे प्रतिक्रिया दिँदै उनले छोराको विवाह देखेको भए आफ्ना बुवा नै अच्चमित पर्ने बताएक छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us