पूर्वप्रधानन्यायाधीशको एक सय वर्षको उमेरमा निधन

काठमाण्डु टुडे २०७६ जेठ १० गते ११:३७ मा प्रकाशित

काठमाण्डु, १० जेठ – पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । उनको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए । खत्रीको भोलि बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्राेतले बताएकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us