आरुबोटे हत्याकाण्डबारे कांग्रेसले मुख खोल्यो

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटना छानबिन गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको तर्फबाट बुधबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै उक्त रहस्यमय घटनाको गहिरो र गम्भीर छानबिन गर्न सरकारसमक्ष अपिल गरेका हुन् ।

घटनास्थलमा कांग्रेस आफ्ना प्रतिनिधिसमेत खटाएको छ । केन्द्रीय सदस्य भिष्मराज आङ्दम्बे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बूलाई बुधबार पार्टीको प्रतिनिधित्व गर्दै घटनास्थलमा खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

मिक्लाजुङको घटनाका मृतक सबैको आत्माको चिर शान्तिको कामनासमेत कांग्रेसले गरेको छ ।

धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका ९ जनाको हत्या गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us