
बिर्तामोड, ८ जेठ – नेत्रचन्द विक्रम ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का इलाम जिल्ला इञ्चार्ज झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । नेकपाका मेची ब्युरो सदस्यसमेत रहेका इलाम इञ्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’ लाई प्रहरीले पक्राउ गरेको हो ।
सादा पोसाकमा खटिएका प्रहरी टोलीले दर्नाललाई सोमबार साँझ बिर्तामोडबाछ पक्राउ गरे पनि अनुसन्धान भइरहेको भन्दै प्रहरीले सार्वजनिक गरेको छैन ।
पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय विर्तामोड राखिएको छ । यता नेकपा मेची ब्युरो संयोजक प्रकाशले इलाम इञ्चार्ज दर्नाललाई तत्काल बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् । कार्यकर्तालाई रिहा नगरिए त्यसको उचित जवाफ दिने प्रकाशले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।