७० जना सैनिकलाई ‘प्रकृति संरक्षण पदक’ प्रदान

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १६:१६ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – ७० जना सैनिकलाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरिएको छ । प्रकृति संरक्षणमार्फत नेपाली सेनाको गौरव बढाएको भन्दै पदक प्रदान गरिएको हो ।पदक पाउनेहरुमा २० जना रथी र महासेनानी दर्जासम्मका रहेका छन् भने ५० जना प्रमुख सेनानीदेखि सिपाही दर्जासम्मका रहेका छन् ।

बुधबार एक कार्यक्रमकाबीच उनीहरुलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा बलाध्यक्ष रथी गौरब तण्डुले पदक प्रदान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us