
काठमाण्डु, ७ जेठ – पाँचथरकाे मिक्लाजुङ्मामा एक जना व्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन् । मिक्लाजुङ– ७ लिम्बामा मान बहादुर माखिम झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
सामूहिक हत्या भएको स्थानबाट करिब तीन घण्टाको दूरीमा रहेको स्थानमा माखिम झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । आरुबोटेबाट उक्त घटना भएको स्थान टाढा भएकाले पुष्टि हुन भने सकेकाे छैन् ।
झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सोमबार राति हत्या गरिएको बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको बताइएकाे छ । यस विषयमा पनि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।