होटलमा यौन धन्दा चलाउने पाँच जना पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १५:३३ मा प्रकाशित

संखुवासभा, ६ जेठ – संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा प्रहरीले होटल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिलालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई सदरमुकाम खाँदबारीको जस्मिन होटलबाट अनैतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ । रातको समयमा होटलभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा होटल सञ्‍चालकलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका पाँचैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us