
पर्वत, ६ जेठ – पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए ।
विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते दुबै युवाको प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ