
चितवन, ३ जेठ– प्रधानमन्त्री केपी ओली सवार हेलिकोप्टर चितवनको भरतपुरमा आकस्मिक अवतरण गराइएको छ ।
लुम्बिनीका लागि उडेको ओली सवार हेलिकोप्टर शुक्रबार अपराह्न मौसम खराब भएपछि भरतपुरस्थित नेपाली सेनाको व्यारेकमा अवतरण गराइएको हो ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले आधा घण्टाभन्दा बढी समय ब्यारेकमै बिताए । ओली पत्नि राधिका शाक्य तथा नेकपाका महासचिव विष्णु पौडेलसहित लुम्बिनी उडेका थिए ।