
रुपन्देही , २ जेठ– रुपन्देहीको शंकरपुरमा बिहीबार साँझ प्रहरीलाई लक्षित गरी गोली चलेको छ ।
शंकरपुरस्थित नेपाल–भारत सीम नजिकै गोली चलेको हो । भारतीय हतियारधारीले गोली चलाएको प्रहरीले जनाएको छ । भारतबाट हतियारसहित नेपाल पसेका भारतीय नागरिक झिनक धोबीले गोली चलाएका हुन् । भारत महाराजगञ्ज जिल्ला फरेन्दाका धोबीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएका हुन् ।
गोली लागी तीन प्रहरी घाइते भएका छन् । घाइते हुनेमा तेजबहादुर कुँवर, प्रेमबहादुर आले र विक्रम मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । प्रहरीको प्रतिकारमा भारतीय नागरिक धोबी पनि घाइते भएका छन् । उनलाई भारतीय प्रहरीले नै लगेको छ ।