नेकपा भातृ संगठन भागबण्डा मिल्योः युवामा सापकोटा, अखिलमा महर

काठमाण्डु टुडे २०७६ जेठ २ गते १८:०४ मा प्रकाशित

काठमाण्डु, २ जेठ– सत्तारुढ नेकपाले भातृ संगठनहरुको नेतृत्व टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले भातृ संस्थाको भागबण्डा र नेतृत्वको टुंगो लगाएको हो ।  युवा संघको नेतृत्व पूर्वमाओवादी र अखिलको नेतृत्व पूर्वएमालेले लिएका छन् । जसअनुसार युवासंघ संयोजकमा तत्कालीन माओवादीको वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल अध्यक्षमा ऐन महर छानिएका छन् । महर यसअघि एमाले अखिलका महासचिव थिए । अखिलको अध्यक्षमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र युवा संघ नेतृत्वमा युवासंघ अध्यक्ष रमेश पौडेलको दाबी थियो । यस्तै महिला संघ अध्यक्षमा पूर्वमाओवादीकी अमृता थापा र पत्रकारको नेतृत्व पूर्वमाओवादीका महेश्वर दाहालले पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us