चीनविरुद्ध नेपाललाई भड्काउने अमेरिकी खतरनाक खेलको खुलासा

काठमाण्डु टुडे २०७६ जेठ १ गते ६:१९ मा प्रकाशित

file photo

काठमाण्डु, १ जेठ– चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ ।
दक्षिण तथा मध्य एसियाली कार्यबाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्लेख गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए । नेपाल भ्रमणमा आएका उनले मंगलबार सञ्चारकर्मीसँग भने, ‘बीआरआईमाथि हामीले गरेको अध्ययन तापईंहरुले पनि हेर्न सक्नु हुन्छ । चीनले गरेको सहयोगले कसैको हित भएको खासै देखिँदैन ।’ राष्ट्रपति विद्यादेवी भण्डारी बीआरआईको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाल फर्केको दुई सातामै अमेरिकाले चासो देखाउँदै आफूले गरेको अध्ययन प्रतिवेदनबारे बोलेको हो । चीनले बीआरआई मार्फत विश्वव्यापी प्रभाव जमाउँदै गएपछि अमेरिकाले यसको विरोध गर्न थालेको टिप्पणी आइरहेका बेला नेपालको यसमा संलग्नतामाथि उच्च तहका अधिकारीहरुबाट यसअघि पनि प्रश्न उठाइएको थियो ।

हालै जारी अमेरिकी प्रतिवेदनमा बीआरआईमा संलग्न देशहरुमा भ्रष्टाचार बढेको, अधिनायकवाद, हावी हुँदै गएको र राज्य नियन्त्रित अर्थतन्त्रले जरो गाडेको उल्लेख छ । नेपालमा पनि त्यो अवस्था नआओस् भन्ने अमेरिकाको सदभाव रहेको उनको भनाइ थियो । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us