जब एयरपोर्टमा कुकुरले चरेस पक्रियो…

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

गत आइतबार ब्युरोको शाखा कार्यालय त्रिभुवन विमानस्थल र विमानस्थल सुरक्षा गार्ड काठमाण्डुबाट खटिएको टोलीले काठमाण्डुका राजु श्रेष्ठलाई ४.५ ग्राम चरेससहित पक्राउ गरेको हो ।

प्रहरीको तालिमप्राप्त कुकुरले श्रेष्ठलाई विमास्थलको आन्तकिर उडानतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । सोही सोधपुछकै क्रममा श्रेष्ठले उक्त लागूऔषध चरेस रेवा पुरीले दिएको बताएपछि सोमबार पुरी पनि पक्राउ परेका थिए ।

उनलाई ३ सय ८० ग्राम लागूऔषध चरेससहित प्रहरीले पक्राउ गरेको जनाएको छ । पुरी मकवानपुर थाहा नगर ८ का बासिन्दा हुन् ।

दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us