मोदीलाई चौकीदार चोर भनेका राहुलले मागे माफी

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १४:४१ मा प्रकाशित

एजेन्सी – भारतको मुख्य विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले ‘चौकीदार चोर हो’ भन्ने प्रधानमन्त्री नरेन्द्र मोदी विरोधी टिप्पणीमा अदालत मिसिएपछि सर्वोच्च अदालतसँग माफी मागेका छन् ।

उनले मोदीसँग भने माफी मागेका होइनन् । भारतमा लोकसभा निर्वाचन जारीरहँदा प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर ह्यान्डलको नाम चौकिदार नरेन्द्र मोदी राखेका छन् ।

काँग्रेसले पहिलेदेखि नरेन्द्र मोदीको सरकार राफेल विमान भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाउँदै आएको थियो ।

एक सम्बोधनमा गान्धीले ‘अब त अदालतलाई पनि चौकीदार चोर भएको थाहा छ’ भनेर मोदी विरोधी सांकेतिक टिप्पणी गरेका थिए । राफेल विमान भ्रष्टाचारको विषय हाल अदालतमा समेत विचाराधिन छ ।

गान्धीको टिप्पणीसँगै अदालते उनको भनाइ अदालतको अवहेलना भएको बताएको थियो । अदालतले उनको अभिव्यक्तिमा अदालत किन मिसाएको र विचाराधिन मुद्धामा किन आवाज उठाएको भनेर प्रश्न गरेको थियो ।

बुधबार गान्धीेले अदालत सामु ३ पृष्ठको पत्र लेखर माफी मागेका हुन् । उनले विनासर्त माफ होस् भन्ने जिकिर गरेका छन् । यस विषयको सुनुवाई शुक्रबार हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us