
काठमाण्डु, २५ वैशाख – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरत बम पक्राउ परेका छन् । बुधबार बमलाई प्रहरीले बाँकेको जानकी गाँउपालिका– ६, गनापुरबाट पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेलले बमको पक्राउलाई पुष्टि गरे । उनका अनुसार बम बिस्फोटक पदार्थ र पार्टीका महत्वपूर्ण दस्तावेजसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका बममाथि थप अनुसन्धान भइरहेको एसपी पौडेलले जानकारी दिए ।