काठमाण्डु, २२ बैशख – देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेपछि सेवाग्राही समस्यामा परेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सरकारी वेबसाइट नखुलेका हुन् ।
हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् ।
सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जानकारी दिएको छ ।