
झापा, २२ वैशाख – झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय किशोरको मृत्यु भएको छ ।
स्थानीय प्रनिल प्रसाईंको पोखरीमा डुबेर मृत्यु भएको हो । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
छ जना साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए ।
खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो ।