
काठमाण्डु, २२ वैशाख–भक्तपुर अदालतले मध्यपुर थिमि–१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ ।
भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जैदुन आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ–बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर इमालोडका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् । नापीको नक्सा र मालपोतको श्रेस्तामा कित्ता नंं ४२४ को उक्त जग्गा खोलो÷सरकारी उल्लेख छ ।
आजादले २०२१ सालको नापीदेखि फिल्डबुकमा नेपाल सरकारको नाममा दर्ता कायम भएको र २०५३ सालसम्म कसैले आफ्नो हो भन्ने दाबी नगरेको जग्गा ठोस प्रमाण र आधारबिनै व्यक्तिका नाममा छुट दर्ता गर्न आदेश दिएका हुन् । कान्तिपुर दैनिकबाट