
एजेन्सी – अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरी चौकीमा भएको झडपमा तीन प्रहरीसहित १७ जना लडाकु मारिएका छन् ।
शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरी सहित १७ जना लडाकू मारिएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् ।
कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको स्पिन बोल्दाक जिल्लामा रहेको एक प्रहरी चौकीमा शनिबार बिहान सबेरै तालिबान लडाकू समूहले गरेको आक्रमणको सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १४ तालिबान लडाकू मारिएका हुन् ।
यद्यपी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको झडपमा परी तीन सुरक्षा अधिकारीको पनि मृत्यु भएको छ । यस झडपमा परी चार सुरक्षा अधिकारी र सात तालिबान लडाकूको घाइते भएका छन् ।