प्रधानमन्त्री भियतनाम र कम्बोडिया जाँदै, यस्ताे छ कार्यक्रम

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १७:२० मा प्रकाशित

काठमाण्डु, १९ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली वैशाख २६ गते भियतनाम भ्रमणमा जाने र ३० गतेसम्म त्यहाँ रहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैशाख ३० गते प्रधानमन्त्री ओली भियतनामबाटै कम्बोडिया भ्रमणमा जानेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले पछिल्लो ३० वर्षयता भियतनामले गरेको तीव्र आर्थिक प्रगतिसम्बन्धी अध्ययन गर्ने र बुद्ध जयन्तीमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए।

भियतनामसँगको सम्बन्धपछि नेपालमा पर्यटन क्षेत्र फस्टाउने सरकारको अपेक्षा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us