रुसको जासुसी ह्वेल नर्वेमा भेटियो

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १६:४६ मा प्रकाशित

एजेन्सी । रुसको जासुसी ह्वेल नर्वेको समुन्द्रमा फेला परेको छ । विशेष फिता पहिरिएको बेलुगा प्रजातिको ह्वेललाई रुसी नौसेनाले प्रशिक्षण दिएको हुनसक्ने नर्वेका अधिकारीहरुले बताएका छन् ।

ह्वेलमा गोप्रो क्यामेरा जडान गर्ने फिता बेरिएको थियो । नर्वेका माझिहरुले उक्त ह्वेलमा बेरिएको फिता निकालेका थिए ।

उक्त माछाले नर्वेको माझिहरुको डुंगालाई ४ सय १५ किलोमिटर पछ्याएको बताइएको छ । उक्त ह्वेल निकै मनोरन्जनात्मक र मानवमैत्री भएको जनाइएको छ ।

माझिहरुले ह्वेल माछाको भिडियो समेत बनाएका छन् । रुसले भने उक्त ह्वेल आफ्नो नभएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us