
एजेन्सी – संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए ।
बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ ।