जोन सिनाको सपना पुरा हुँदै, ‘फास्ट एण्ड फ्यूरियस ९’मा ‘इन्ट्री’

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १४:२० मा प्रकाशित

एजेन्सी – सुपरहिट हलिउड एक्सन फ्रान्चाइज ‘फास्ट एण्ड फ्यूरियस ९’मा चर्चित रेस्लर तथा अभिनेता जोन सिना जोडिने भएका छन् । सिनेमाका मूख्य अभिनेता भीन डिजलले यसको खुलासा गरेका हुन् ।

शुक्रबार उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेका थिए, जसमा उनले सडक दुर्घटनामा परि ज्यान गुमाएका पल वाकरको बारेमा कुरा गरेका छन् । यस भिडियोको अन्तिममा निलो लुगामा जोन सिनालाई देखाइएको छ जहाँ यी दुई एकअर्कालाई हेरेर मुस्कुराइरहेका छन् ।

‘साथी, जस्तो तपाईलाई पनि थाहा छ, म रफ्तारमा सोच्ने गर्छु । म हमेशा तपाईंको इमानदारीताको योग्य केहि भिन्न ल्याउने बारेमा सोच्दछु । मलाई थाहा छ, तपाईंलाई यो अनौठो लाग्न सक्छ तर हरेक वर्ष पलले सत्यको लडाईंका लागि एउटा सैनिक पठाउने गर्छ । पलले जसलाई ल्याएको छ र म उसलाई तपाईहरूको सामु लिएर आउँदैछु । सबैलाई माया’, डिजेलले लेखेका छन् । यसअघि जोनले पनि यस सिरिजमा काम गर्नु आफ्नो सपना भएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us