नेपालमा रेल आउने पक्का, चीनमा भयो यस्तो सहमति

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते ६:४८ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो ।

योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ । विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ । विभिन्न मुलुकसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औँ बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ ।
अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us