
बनेपा, १४ वैशाख – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतवस्थामा फेला पारेपछि घरका अन्य परिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने वित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई शुक्रवार दिउँसो घरको कोठामा नै मृत फेला पारेको हो ।
उनको घाँटीमा डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको र उनका श्रीमान फरार रहेको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महिनासम्म सुधार केन्द्रमा राखेर डेढ महिना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका दुलालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।