
एजेन्सी । श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपमा १५ जनाको ज्यान गएको छ । शुक्रबार राति भएको झडपमा ६ जना बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।
गत आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमणमा कम्तिमा २५० जनाको मृत्यु भएको थियो । उक्त घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सरकारले बिद्रोहीविरुद्ध कारवाही अभियान चलाएका छन् । यही क्रममा देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र बिद्रोहीबिच झडप भएको बताइएको छ ।
झडपमा ज्यान गुमाउनेमा तीनजना आत्मघाती आक्रमणकारी रहेको सेनाका प्रवक्ताले दाबी गरेको समाचारमा जनाएको छ । झडपको क्रममा तीनवटा बिस्फोट भएको थियो ।