स्टुडेन्ट भिसामा जापान गएका भारतीयले जिते एसेम्बली चुनाव

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १०:४७ मा प्रकाशित

एजेन्सी । भारतीय मूलका यागेन्द्र पुराणिक आजकल आफूलाई योगीको नामले चिनाउँछन् । यही नामबाट ‘एसेम्बली निर्वाचन’ उठेका उनी जीत पनि हासिल गरे । उनी जापानको एसेम्बली निर्वाचन जित्ने पहिलो भारतीय मूलका नागरिक हुन् । उनले टोक्योको एदोगावा वार्डबाट जीत हासिल गरेका छन् ।

योगी भारतको पुणेबाट सन् १९९७ मा सरकारी छात्रवृत्तिमा विद्यार्थीका रूपमा जापान गएका थिए । पढाइ सकेपछि उनले जापानमा नै काम गर्न थाले ।

राजनीतिमा आउन प्रेरित गर्ने घटनाबारे बोल्दै योगीले भने, ‘मेरो वार्डले लिटिल इण्डिया नामको कार्यक्रम सुरु गरेको थियो । त्यो गलत दिशातर्फ गइरहेको थियो । मैले त्यसका सदस्यसँग कुराकानी गरेँ र आफ्नो लक्षमाथि पुर्नविचार गरेर तिनलाई व्यवहारिक बनाउने सोचेँ ,’ योगीले भने ।

उक्त घटनाबारे थप व्याख्या गर्दै योगीले भने, ‘मेरो प्रयासले कुनै परिणाम ल्याएन । त्यसपछि मलाई बाहिर बसेर गुनासो गर्नुभन्दा भित्रै गएर आफै बदलाब गर्नुपर्छ भन्ने लाग्यो ।’

योगेन्द्रले बताए अनुसार उनी पछिल्लो १५ वर्षदेखि टोक्योको इदोगावामा बसिरहेका छन् । उनको व्यवसायिक जीवन यही बिताउँदै आएका छन् । साथै उनले त्यही स्थानमा परिवार बसाए । आफ्नो बसाइबारे व्याख्या गर्दै उनले भने, ‘बस्नका लागि इदोगावा निक्कै राम्रो स्थान हो । तर मलाई केही कुरामा व्यवहारिक परिवर्तन ल्याउनुपर्छ भन्ने लाग्यो ।’

सो स्थानका समस्याबारे योगीले भने, ‘यहाँ किण्डर–गार्डेन छैन, सार्वजनिक विद्यालयको स्तरमा ह्रास आइरहेको छ, रोजगारी पनि कम हुँदै गएको छ । जेष्ठ नागरिकलाई प्रर्याप्त सुविधा छैन । इदोगावमा भारतीय र अन्य देशका मानिसको संख्या उलेख्य छ । तर यहाँ स्थानीय र विदेशीबीचको दुरी कम गर्न ठोस कदम उठाइएको छैन ।’

निर्वाचित प्रतिनिधिको हिसाबमा योगीले तत्काल गर्ने कदम सोचेको छन् । ‘सहरको पूर्वाधार पुरानो छ । यहाँ कार्यलय, रेस्टुरेन्ट र मल्टीप्लेक्सयुक्त सिनेमा छैन । म यस्तो पूर्वाधार विकास गर्नका लागि जापानी र विदेशी कम्पनीलाई आमन्त्रित गर्न चाहन्छु,’ योगीले भने ।

योगीले अर्को पटक मेयरको चुनाव लड्न चाहेको बताए । त्यसपछि सांसद पद उनको लक्ष्य हुनेछ । तर सबैभन्दा पहिले उनी इदागोवाको लागि केही गर्न चाहन्छन् । –बीबीसी हिन्दीबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us