
काठमाण्डु, ८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको जनाएका छन् ।
उनले ट्विट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघेमार्फत श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।