पोखराको चिप्लेढुंगामा बम भेटियो

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १२:०१ मा प्रकाशित

पोखरा, ७ बैशाख – पोखराको व्यस्त बजार चिप्लेढुंगामा बम भेटिएको छ ।

शनिबार बिहान पोखरा–९ मानवअधिकार चोकबाट ५० मिटर दक्षिणपट्टीको सडकमा बम भटिएको हो ।

कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

शनिबार बिहान ७ बजे भेटिएको बमलाई सेनाको डिस्पोज टोलीले सो साढे ८ बजे निष्कृय पारेको हो ।

यसअघि बिहीबार विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको क्रममा पनि सोही स्थान नजिकै बम भेटिएको थियो ।

पोखराको व्यस्त बजारमै बम भेटिएपछि स्थानीयवासी आतंकित बनेका थिए । बम कसले राखेको भन्ने बारेमा अहिलेसम्म कसैले जिम्मा नलिएको र त्यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us