रिनाको शव आफ्नै कोठाअगाडि विभत्स अवस्थामा भेटियो

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १०:०६ मा प्रकाशित

विराटनगर, ७ बैशाख – मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा महिलाको विभत्स अवस्थामा शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव आफ्नै कोठा अगाडी विभत्स अवस्थामा भेटिएको हो ।

शुक्रवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी राति घर फर्किएकी थिइन् । बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले महिलाले राति मदिरा सेवन गरेको देखिएको जानकारी दिए । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

अनसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ । रिनाको टाउकोमा गहिरो चोट पनि देखिन्छ ।

रिनाका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us