फेवातालमा फसेका तीन जनाको सकुशल उद्दार

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १६:५७ मा प्रकाशित

कास्की, ६ वैशाख – कास्की जिल्लाको पोखरा महानगरापालिका–६ स्थित लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका बोटिङ्ग गरिरहेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

file photo

तालमा बोटिङ्ग गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारण डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षीय बोलबम चौरसीया, २८ वर्षका पुन्दन चौरसीय र १२ वर्षका भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us