प्रहरीले जलाउनै लागिएको शव नियन्त्रणमा लियो, मलामीको भागाभाग

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १६:१४ मा प्रकाशित

वीरगन्ज, ६ वैशाख – जलाउन घाट पुर्‍याएको महिलाको शव शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो । अन्जुका पति पन्नालाल फरार छन् । परिवारकै सदस्यबाट अन्जुको हत्या भएको आशंकामा अनुसन्धानका लागि लाश नियन्त्रणमा लिएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिए । उनले शव जलाउन घाटमा लैजादै गर्दा प्रहरी पुगेपछि शव छोडेर मलामी भागेकोले घटना शंकास्पद देखिएको बताए ।

प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अन्जुको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगन्जमा लगिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us