रत्नपार्कबाट कमल थापा पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहतिका एक दर्जन भन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ । थापालाई प्रहरीले पक्राउ परेपनि कार्यकर्ताले केही समयपछि भीडबाट सुरक्षित रुपमा बाहिर निकालेका थिए ।  

शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने लगायत राप्रपाका दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us