प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा निस्किने

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीलाई दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र भ्रमणको तयारी तीव्र पारिएको छ ।

भियतनामले वैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो । यसपालि जेठ ४ गते बुद्धजयन्ती छ ।

भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको औपचारिक भ्रमण गर्नेछन् ।

बुद्ध धर्मावलम्बी बहुल यी दुई देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण बिरलै हुने गरेका छन् । प्रधानमन्त्रीले भ्रमणका समयमा के–को सम्झौता गर्छन भन्ने खुलाइएको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us