
गुजरात, ६ वैशाख – भारतीय कंग्रेसका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ । गुजरातको सुरेन्द्रनगर जिल्लामा कंग्रेस जिल्ला समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो ।
पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड हानेका थिए । उनले पटेललाई गाली पनि गरेका थिए ।
पटेललाई थप्पड हान्ने ती व्यक्ति को हुन् त्यसका पछि के कारण थियो भन्ने खुलेको छैन् ।पटेलले भने आफूमाथि सत्तारूढ भारतीय जनता पार्टीले आक्रमण गरेको बताएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, सभा चलिरहँदमा ममाथि भाजपाले आक्रमण गर्यो । मलाई थाहा छ आज थप्पडमात्र हान्ने प्रयास भयो भोलि भाजपाले मलाई गोली हान्नेछ । हामी किसान र यूवाका आवाज उठाउँछौं ।
२०१५ मा गुजरातको पतिदार समुदायलाई आरक्षणको माग गर्दै आन्दोलनको नेतृत्व गरेका पटेल गत महिना कंग्रेस प्रवेश गरेका थिए ।
पछिल्लो समय उनी प्रतिपक्षी कंग्रेसको चुनावी प्रचारको मुख्य प्रचारक बनेका छन् । भारतमा अप्रिल ११ देखि लोकसभा चुनाव सुरू भएको छ ।
https://twitter.com/i/status/1119132589699153921