
नवलपरासी, ६ वैशाख – पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ पारेको छ ।
प्रहरीले मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो । उनलाई बिहीबार साँझ आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।