चट्याङ लागेर तामाङको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १२:०७ मा प्रकाशित

धनकुटा, ४ बैशाख – धनकुटाको साँगुरीगढी गाउँपालिका–५ निगालेमा मंगलबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मोबाइल चार्जमा राखेर सुतिरहेको अवस्थामा वर्षासँगै खसेको चट्याङ लागेर ३४ वर्षीय लालमान तामाङले गम्भीर घाइते भएका थिए ।

चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us