लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जना पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते ११:१४ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – काठमाण्डुको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।

दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको विशेष टोलीले मंगलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा अवैध लागूपदार्थ गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us