मध्यरातमा चन्द्रागिरीमा बन्यो मन्त्री फेर्ने प्लान !

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते ११:१० मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– ‘आज हुन्छ कि भोलि’ भन्दै मन्त्रिपरिषद् हेरफेरबारे बजारमा हल्ला चल्छ । तर, भित्री तयारी छ, बजेटपछिको ।

अर्थात, असार लागेपछि अहिलेका केही मन्त्री सरुवामा पर्ने, केही बिदा गरिने र केही थपिने गरी तयारी भइरहेको बताइन्छ । यसअघि वैशाख ९ भित्र पार्टी एकताका सम्पूर्ण काम सिध्याउने भनेर नेकपाका नेताहरु कस्सिएका छन् । अधयक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड महासचिवसहित चैत अन्तिममा रातभर चन्द्रागिरीमा बस्नुको कारण पनि यसैलाई मानिएको छ । चन्द्रगिरी बस्दा पोलिट्ब्युरो, आयोग, विभाग, जनसंगठन, जिल्ला कमिटीका सम्बन्धमा नयाँ खाका कोरिएको छ । र, त्यहीं कुरा भएको छ, बजेटअघि कुनै पनि मन्त्री नचलाउने । बजेटपछि भने सचिवालय बैठक बसेर कामको मूल्यांकन गर्दै हेरफेरा जाने ।

अहिले देशमा ठूला आयोजना अलपत्र छन् । अनुगमन प्रणाली कमजोर छ । आफ्नो अगाडि सबै कुरा ठीकठाक देखिने, तलको भद्रगोलमा खासै सुधार नहुने महसुस स्वयं प्रधानमन्त्रीले गरेको कुरा चन्द्रागिरीमा व्यक्त भएको छ । जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us