पत्रकार महासंघले गर्यो आन्दोलनको घोषणा

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – पत्रकार पक्राउ विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन, उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको महासंघले जनाएको छ ।

महासंघले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ । थप कार्यक्रम भोलि तय गर्ने महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us