
एजेन्सी – अमेरिकाको लुइसियानामा बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बालबालिकामाथि १ सय पटकभन्दा बढी बलात्कार तथा यौन शोषण गरेको आरोपमा ७१ वर्षीय हार्भे जेसेफ फाउन्टेन पक्राउ परेका हुन् ।
कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि पाइनभिल्लेका फाउन्टेन पक्राउ परेका हुन् ।
अनुसन्धानकर्ताहरुले उजुरीबारे तथ्य संकलन गर्दा फाउन्टेनले अन्य बालबालिकामाथि पनि यौनशोषण गरेको फेला परेको थियो । उनलाई उजुरी दिएको आठ दिनपछि गत अप्रिल ९ मा पक्राउ गरिएको हो ।
प्रहरी अधिकारी स्टेफेन फिलिप्सका अनुसार सबै घटनाहरु सन् १९७० र १९८० को बीचमा घटेका थिए । सबै पीडितहरु १३ वर्षमूनिका हरेका छन् ।
फिलिप्सले पीडित बालबालिकाको संख्या अहिले नै खुलासा गर्न नमिल्ने बताउँदै यसबारे थप अनुसन्धान भइरहेको बताए । जमानत रकम १० लाख अमेरिकी डलर राखेर फाउन्टेनलाई हिरासतमा राखिएको छ ।
सबै घटनाहरु फाउन्टेन बस्ने पाइनभिले क्षेत्रमा भएको प्रहरीको भनाई छ ।