आज हावाहुरीसहित भिषण वर्षा हुने, सर्तक रहन आग्रह

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते ९:१३ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– आज पनि मुलुकका अधिकांश भागमा मौसम बदली हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको हावाको बहाका कारण मौसममा बदली हुनेछ । आज पनि मुलुकका तराई तथा पहाडी र हिमाली क्षेत्रमा हुरीबताससँगै भिषण वर्षा हुने मौसमविद शान्ती कँडेलले जानकारी दिइन् । उनका अनुसार हिमाली र उच्च पहाडी क्षेत्रमा भने हिमपातको समेत सम्भावना छ । विगभाले बिहीबार बिहानसम्म हुरीबताससँगै पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

बिहीबार अपराह्नदेखि भने मौसममा केही सुधार आउने छ । यद्यपि पूर्ण रुपमा मौसममा सुधार आउन भने अझै केही दिन लाग्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us