गोरखामा भूकम्प गयो

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, ३ बैशख – मंगलबार (आज) भूकम्पको धक्का गएको छ । मंगलबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ । दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us