टैगोरको शान्ति निकेतनबाट गोविन्द केसी र केपी ओलीलाई हेर्दा…

–जय प्रकाश अानन्द २०७५ माघ १७ गते १४:०५ मा प्रकाशित

अनसनमा मरेकाहरूको शृंखला लामो छ । बीपी कोईराला २९ वा २१ दिनसम्म अनसन बस्नु भयो । शताब्दीऔं सम्मका लागि तिरस्कारका पात्र बनाईएका तत्कालिन राणा प्रधानमन्त्रीले उहाँलाई रिहा गरि दियो । तर, आयरल्याण्डको मागका लागि संसार मै लामो समयसम्म अनसन बसेका बबी सैंड्स अनसनरत् नै मरें । राणा शासन बढी जनअपेक्षालाई कदर गर्ने थिए कि मार्गरेट थ्याचरको बेलायत–यस बारे छलफल हुदै गर्ला ।

महात्मा गांधीको सफलताका आंकलन गर्ने अध्येताहरू भन्छन्–यदि गांधीको लडाई कानूनी राज्यका प्रणेता वा पक्षपोषक ब्रिटीससंग नभएको भए गांधी किमार्थ पनि सफल हुने थिएनन् । सन् १९६८ मा बीपीले बाराणसीको राजघाटमा आयोजित सम्मेलन ‘गांधीज्म एण्ड एशियन च्यालेन्ज’ मा बिश्वभरका शांतिवादी अहिंसक नेताहरूको सामुन्ने भन्नु भएको थियोः ‘गांधीको सफलताको धेरै श्रेय बेलायती कानूनी राज्यको मान्यता र मानव अधिकारका प्रति बेलायतको प्रतिवद्धतालाई जान्छ । नेपालमा त राजा महेन्द्रको शासनमा हरेक रात धेरै गांधीहरूको भ्रुण हत्या हुन्छ ।’ तेही गएर बबी सैंड्स अनसनरत् मरें ।

ओसामा बिन लादेन मारिए । अमेरिकनले उनको मृत देह समुन्द्रमा फालि दिए । दफन गरिने ठाँउमा हरेक बर्ष मेला न लागून भनेर तेसो गरियो । तर, बबी सैंड्सको मुद्दा मरेको छैन् । आयरल्याण्डको स्वाधिनताको मांग झनझन् बढदो छ ।

सवाल राज्यले कसलाई कसरी, कुन रंगमा रंगाई दिएको हुन्छ-सबैले तिनलाई तेसै रंगमा लत्तपतिएको ठान्दैन भने हो । अहिले मेरो सरोकार डा। गोबिन्द केसीको अनसन वारे हो । डा. केसीको मांगलाई जन स्तरले आत्मसात गरेको छ । तेसलाई जायज ठानेको छ । जनताको यस अवधारणालाई राज्यको ब्याख्याले अन्यत्र मोडन सक्दैन । वर्तमान प्रम ज्यूले यत्ति मात्र बुझिदिए हुन्छ ।

सुशीला कार्कीलाई माओवादीले न्यायाधीश बनाए । तर, एमालेले सधैं सुशीलालाई बोकेर हिंडे । सुशीला न्यायको आडम्बरमा काँग्रेसको छाला काढ्न चाहन्थिन । एमालेलाई मन पर्थ्यो । उही सुशीला अहिले नागरिक समाजको नेता हुनु परेको छ । उनले डा. केसीलाई समर्थन गरेकी छिन–यो कुरा एमालेलाई मन नपर्नु स्वभाविकै हो ।

यस्तो लोभीपापीको खेल भैरहन्छ । प्रम ओली तक्षणका यस्ता कुराहरूमा पर्नु हुन्न् । मैले माथी भने– बबी सैंड्स अनसनरत् मरें । तर उनले उठाएको मुद्दा मरेको छैन । भोली डा. केसी पनि मर्न सक्छन् । निःसन्देह उनको मृत्यू बारे प्रधानमन्त्री ओलीले कुनै ज्यान मुद्दा बेहोर्नु पर्दैन । तर, डा. केसीले उठाएका सवालहरूमा आफ्नो कल्याण देख्ने जनताका भरोसा मर्नेछ ।

डा. केसीको देह मर्नेछ, तर उनमा आफ्नो कल्याणको आशय देख्नेहरूको भरोसा मर्नेछ । त्यो घडी प्रमका लागि सुखद हुने छैन् । गाँउघरका हाट बजारमा बौलहा मजनूँहरूलाई स–साना केटाकेटी बच्चाहरूले गिज्याउँदै लख्ट्ने गरे झैं प्रम ओली आम जनताको च्याँग्रा लखे्ट्याईमा पर्नु हुनेछ । आउने चुनावमा हरेक मतदाताको छोपिएको अनुहारमा डा. केसीको मुखुण्डोको सामना गर्नु पर्ने हुन्छ ।

प्रम ओलीजीलाई दक्षिण एशियाकी एक राजनेताका बिलौना बताउन चाहन्छु । बेनजीर भुट्टो, उनको सामन्ति पारिवारिक पृष्ठभूमीका बारेमा भनी रहनु पर्दैन । उनि भ्रष्ट छिन भने सर्वत्र प्रचार भयो । बिरोधीहरूले खुब उचाले यस सवाललाई । एक भारतीय टेलिभिजन पत्रकारसंगको अन्तर्वार्तामा उनले वेदना साथ भनी–‘म पुस्तैनी परम्परा अनुसार काँसको गिलासमा पानी पिउथे । सबैलाई थाहा थियो कि बेनजीर घरमा रहँदा काँसको गिलासमै पानी पिऊछिन् भनेर । बिभिन्न अवसरमा मैले भेंटघाट गरिरहदाँ काँसको गिलास समाती बसेको फोटोहरू अखवारहरूमा छापिएको हुन्थ्यो । यही फोटोलाई देखाएर बिरोधीहरूले हल्ला फिंजाए–बेनजीर त यौन शक्ति बढाउन सुनको झोल बनाईएको पानी पो पिऊने गर्छिन र पो त दुनियाँले थाहा नपाउन भनेर काँसको गिलालमा हालेर पिऊने गर्छिन् ।’ बेनजीरले भनेकी थिईन– जनताले यस्ता बेहुदा कुरालाई पत्याएर मलाई प्रश्न गर्ने गर्थे–‘मेहतर्मा आप तो सोनेका सोरबा पिती हैं ’

यस्तो हुन्छ–प्रचारका अगाडी पराधिन जनता । डा. केसी मर्न सक्छन् । उनले मृत्यू मै प्रारब्ध देखेको हुन सक्छ । तर, यस पछि हुने भरोसाको मृत्यूले आशाहरूको लाश थप्या थप्ने छ ओली सर !

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us