याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना, चार जना घाइते

काठमाण्डु टुडे २०७५ माघ ६ गते १५:०६ मा प्रकाशित

रसुवा, ६ माघ – उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो । घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाण्डु लाने तयारी भरहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us