तामाकोशीको शेयर ह्वात्तै बढ्यो

काठमाण्डु टुडे २०७५ माघ २ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, २ माघ – माथिल्लो तामाकोशीको सेयर कारोबार भएको पहिलो दिन नै २२४ रुपैयाँमा किनबेच भयो । दोस्रो र तेस्रो दिन करिब १०–१० प्रतिशतले बढ्दै गएको कम्पनीको मूल्य बुधबार २८३ रुपैयाँ पुग्यो ।

एक महिनाअघि प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर खरिद गरेकाले आज २.८३ गुणा नाफा लिएका छन् । केही दिन अझै यसको बढ्दै जाने अनुमान छ ।

सेयर बिक्रीका लागि अत्यन्तै न्यून आदेश हुने र आएको आदेश तुरन्तै खरिद हुने भएकाले बिक्रीतर्फ देखिनै पाउँदैन । खरिदमा अत्याधिक चाप परेपछि केही दिनयता कम्पनीको मूल्य बढ्दै गएको हो ।

दीर्घकालीन लगानीका लागि कम्पनीको सेयर उपर्युक्त हुने धेरैको विश्लेषण छ, जसले गर्दा खरिदका लागि ११ लाख कित्ताको आदेश कार्यान्वयन हुन सकेको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us