यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७५ माघ २ गते १२:०८ मा प्रकाशित
काठमाण्डु, २ माघ – बुधबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राको विनिमय दर अनुसार  मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मुल्य बढेको छ ।
 राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो मंगलबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा रहेको थियो ।
आज बुधबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ । मंगलबार खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकिएको छ । हिजो मंगलबार १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा थियो ।
यस्तै युएई दिर्हामको भाउ बुधबार एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकिएको छ । बुधबार मंगलबार जस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
त्यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६३ पैसा रहेको थियो । आज बुधबार भाउ बढेर कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा भएको छ ।
यस्तै बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा तोकिएको छ । हिजो मंगलबार बहराइन दिनारको भाउ खरिददर ३०० रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।
यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा तोकिएको छ । मंगलबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा थियो । नेपाल राष्ट्र बैंकको तुलनामा  बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मुल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us